FAQs Complain Problems

समाचार

बढैयाताल गाउपालिकाको संक्षिप्त परिचय

बढैयातालगाउँपालिका नेपालको ५ नं प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्दछ ।नेपालको पूर्व देखि पश्चिमसम्म फैलिएको महेन्द्र राजमार्ग यस गाउँपालिकाको मुख्य रागमार्गको रुपमा रहेको छ ।यस गाउँपालिकामा दक्षिण एसियाकै दोस्रो ठूलो सिमेन्ट उद्योग निर्माणाधिन अवस्थामा रहेको छ ।यस गाउँपालिकाको अन्य बिशेषताका रुपमा बढैया ताल, प्राचिन कालिका मन्दिर, दुई मोहना, नागमणि नाथ आदिजसले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षण गर्ने गरेकोछ ।
भौगोलिक हिसाबले ८१०२३’१७” देखि ८१०३३’४९” पूर्वी देशान्तर र २८०४’११”देखि २८०१३’५८”उत्तरी अक्षांशमा अवस्थितबढैयातालगाउँपालिका प्रदेश नं.५क्षेत्रको एउटा प्रमुख धार्मिक, ऐतिहासिक तथा व्यवसायिक औधोगिक क्षेत्र हो ।यस गाउँपालिका समुद्री सतहबाट १४३ मिटरदेखि १५७ मिटरसम्मको उचाइमा अवस्थित छ भने ११५.१९ वर्ग कि.मि.क्षेत्रफल रहेको यस गाउँपालिकाको उत्तरमा बाँसगढी नगरपालिकापश्चिमतिरगुलरिया नगरपालिका, दक्षिणमा भारतरहेको छ भने पूर्वमा बाँके जिल्लारहेको छ ।बढैयातालगाउँपालिकालाई २०७३÷११÷२७ गते गाउँपालिका घोषणा गरिएको होे ।गाउँपालिकाकोतापक्रम वि.स. २०७४ मा न्यूनतम ७.७ डिग्री सेल्सियसदेखि अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियसका बीच रहेको पाईन्छ ।
बर्दियाजिल्लामा नयाँ गठन भएका गाउँपालिका तथा नगरपालिकाहरूमा विकासकोसम्भावना बोकेको गाउँपालिकाको रुपमाबढैयातालगाउँपालिकारहेको छ ।यस गाउँपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ ।घरधुरी सर्वेक्षण २०७४ को तथ्याङ्कअनुसारसबैभन्दा धेरै १९,५७१ अर्थात ३९.२ प्रतिशत तराई जनजाती, दोस्रोमा १३,४५२ अर्थात २६.९ प्रतिशत ब्राह्मण क्षेत्रीहरू, तेस्रोमा पहाडी दलित, चौथो र पाँचौमा क्रमश जनजाती र तराइ अन्य तराई क्षेत्रमा रहेको यसगाउँपालिकामा कृषि, व्यापार, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरू रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य मुख्य श्रोतव्यापार, उद्योग, साथै विकल्पमा नोकरी साथै वैदेशिक रोजगारी पनि एक हो ।परम्परागत प्रणालीको कृषि ब्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा क्रमश आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढीरहेको छ ।यस गाउँपालिकामा आधारभूतदेखि उच्च शिक्षासम्म प्रदान गर्ने निजी र सामुदायिक गरेर ५३ विद्यालय रहेका छन् ।अध्ययनका लागि यस गाउँपालिकाका शैक्षिक संस्थाहरूमा स्थानीय विद्यार्थीका अलावा अन्य छिमेकी गाउँपालिका÷नगरपालिका तथा जिल्लाबाट समेत आउने गरेका छन् ।अधिकांश घरमा विद्युतीकरण भएतापनि केही सीमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् ।विगतमा लामो समयसम्म स्थानीय निकायमा जनप्रतिनिधिको अभाब, योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघी, होलि, महाशिवरात्री, माघी,कृष्णजन्माष्टमी, बकरइद, रमजान, छठपर्व, होली, बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाईन्छ ।
 

प्रतिनिधि