FAQs Complain Problems

बढैयाताल साेरहवा

Read More

बढैयाताल गाँउपालिका र खजुरा गाँउपालिका जाेडने पुल

Read More

सिबालय मन्दिर

Read More

हाम्रो बारेमा

बढैयाताल गाउँपालिका नेपालको लुम्विनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्दछ ।  यस गाउँपालिकाको अन्य बिशेषताका रुपमा बढैया ताल, प्राचिन कालिका मन्दिर, दुई मोहना, नागमणि नाथ आदि जसले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्ने गरेकोछ । भौगोलिक हिसाबले ८१०२३’१७” देखि ८१०३३’४९” पूर्वी देशान्तर र २८०४’११” देखि २८०१३’५८” उत्तरी अक्षांशमा अवस्थित बढैयाताल गाउँपालिका लुम्विनी प्रदेश क्षेत्रको एउटा प्रमुख धार्मिक, ऐतिहासिक तथा व्यवसायिक औधोगिक क्षेत्र हो । यस गाउँपालिका समुद्री सतहबाट १४३ मिटरदेखि १५७ मिटरसम्मको उचाइमा अवस्थित छ भने ११५.१९ वर्ग कि.मी.क्षेत्रफल रहेको यस गाउँपालिकाको उत्तरमा बाँसगढी नगरपालिका पश्चिमतिर गुलरिया नगरपालिका, दक्षिणमा भारत रहेको छ भने पूर्वमा बाँके जिल्ला रहेको छ । बढैयाताल गाउँपालिकालाई २०७३÷११÷२७ गते गाउँपालिका घोषणा गरिएको हो ।

 

गाउपँ ालिकाको तापक्रम वि.स. २०७४ मा न्यूनतम ७.७ डिग्री सेल्सियसदेखि अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियसका बीच रहेको पाईन्छ । बर्दिया जिल्लामा नयाँ गठन भएका गाउँपालिका तथा नगरपालिकाहरुमा विकासको सम्भावना बोकेको गाउँपालिकाको रुपमा बढैयाताल गाउँपालिका रहेको छ । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । घरधुरी सर्वेक्षण २०७४ को तथ्याङ्क अनुसार सबैभन्दा धेरै १९,५७१ अर्थात ३९.२ प्रतिशत तराई जनजाती, दोस्रोमा १३,४५२ अर्थात २६.९ प्रतिशत ब्राह्मण क्षेत्रीहरू, तेस्रोमा पहाडी दलित, चौथो र पाँचौमा क्रमश जनजाती र तराइ अन्य तराई क्षेत्रमा रहेको यस गाउँपालिकामा कृषि, व्यापार, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरु रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य मुख्य श्रोत व्यापार, उद्योग, साथै विकल्पमा नोकरी साथै वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि ब्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा क्रमश आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ । यस गाउँपालिकामा आधारभूत देखि उच्च शिक्षासम्म प्रदान गर्ने निजी र सामुदायिक गरेर ५३ विद्यालय रहेका छन् । अध्ययनका लागि यस गाउँपालिकाका शैक्षिक संस्थाहरुमा स्थानीय विद्यार्थीका अलावा अन्य छिमेकी गाउँपालिका÷नगरपालिका तथा जिल्लाबाट समेत आउने गरेका छन् । अधिकांश घरमा विद्युतीकरण भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । विगतमा लामो समयसम्म स्थानीय निकायमा जनप्रतिनिधिको अभाब, योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघी, होलि, महाशिवरात्री, माघी, कृष्णजन्माष्टमी, बकरइद, रमजान, छठपर्व, होली, बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाईन्छ ।

जन प्रतिनिधि

पदाधिकारी

सेवाहरु

सेवा प्रकारः- सेवा तथा सिफारिस
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः- १. निवेदन पत्र २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. लालपुर्जाको प्रतिलिपि
सेवा प्रकारः- सेवा तथा सिफारिस
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः- १. निवेदन पत्र २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- सेवा तथा सिफारिस
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः- १. अनुसुची फारम २. आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. नागरिकता लिने व्यक्तिको जन्मदर्ताको प्रमाणपत्र प्रतिलिपि
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. ३५ दिन भित्र नि:शुल्क २. म्याद नाघी आएमा रु ५०
आवश्यक कागजातहरुः- १. सूचना फारम २. मृतकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३. सुचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ४. मृतकको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र ५. सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र ६. विदेशी भएमा सूचक र मृतकको राहदानी¸प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. ३५ दिन भित्र नि:शुल्क २. म्याद नाघी आएमा रु ५०
आवश्यक कागजातहरुः- १. सूचना फारम २. दुलाहा/दुलहीको नागरिकताको प्रमाणप्रतको प्रतिलिपि ३. दुलहीको नागरिकता नभएमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि ४. दुवै जनाको हालै खिचेको पासपोर्ट साइजको फोटो ५. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत बारेसनामा
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. ३५ दिन भित्र नि:शुल्क २. म्याद नाघी आएमा रु ५०
आवश्यक कागजातहरुः- १. सूचना फारम २. बालकको बाबु/आमाको नागरिकताको प्रमाणप्रतको प्रतिलिपि ३. अस्पतालमा जन्मेको भएमा उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन ४. विदेशी भएमा बाबु/आमाको राहदानीको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडाबाट बसोबास गरेको प्रमाण ५. भारतीय भएमा भारतीय नागरिक पहिचान खुल्ने प्रमाण ६. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बधिमा प्रहरीको पत्र
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क २. म्याद नाघि आएमा रु ५०
आवश्यक कागजातहरुः- १ निवेदन पत्र २ अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि ३ पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति ४ केटाको स्थायी ठेगाना सम्बन्धित बडाको हुनु पर्ने । ५ अनुसूचि फारम भरि ल्याउनु पर्ने
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा समिति / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. ३५ दिन भित्र निःशुल्क २. म्याद नाघि आएमा रु ५०
आवश्यक कागजातहरुः- १‍‍‍‌‍. निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि २. बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बाट जारी बसाई सराईको कागजात ३. जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने। ४. बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र ५. जाने - आउने सबै व्यक्तिको नागरिकता / जन्म दर्ताको प्रतिलिपि ६.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
सेवा प्रकारः- सेवा तथा सिफारिस
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- राजस्व शाखा / राजस्व सम्बन्धि तोकिएको कर्माचारी/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय/गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः- १. निवेदन पत्र २. व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि ३. व्यवसाय भाडामा भए सम्झौत पत्र र बहाल कर तिरेको रसिद ४. आफ्नै घरमा भए सोको जग्गा धनी प्रमाणपुर्जा प्रमाणपत्रको प्रतिलिपि ५. चालु आ.व सम्मको मालपोत र घर जग्गाको कर वा सम्पत्ति कर तिरको रसिद ६. दुई प्रति पासपोर्ट साइजको फोटो
सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडासदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक एैन अनुसार
आवश्यक कागजातहरुः- १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र २) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु ३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात ४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने ५) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनकामुचुल्काको प्रतिवेदन माग गर्न सक्ने

जानकारी